काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप ४ जनाको मृत्यु पुष्टि भएको छ । मृत्यु हुनेमा महोत्तरी, धनुषा, मोरङ र अछामका १–१ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार महोत्तरीको मतिहानी नगरपालिका वडा नं. ६ निवासी ४५ वर्षीय १ पुरुषको साउन साउन २५ गते रामजानकी अस्पतालमा मृत्यु भएको छ । उनी क्षयरोग तथा मधुमेहका बिरामी थिए ।


ADVERTISEMENT

# # #


यस्तै धनुषाको मिथिला नगरपालिका वडा नं. ७ स्थित ढल्केबर निवासी ८५ वर्षीय महिलाको साउन २८ गते विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ । यस्तै अछामको रामारोशन गाउँपालिका वडा नं. ५ का १८ वर्षीय १ पुरुषको साउन २८ गते पाटन अस्पतालमा मृत्यु भएको छ । उनी मुटु रोगी थिए ।

मोरङको विराटनगर महानगरपालिका वडा नं. ३ निवासी ५७ वर्षीय पुरुषको साउन २८ गते कोही अस्पताल विराटनगरमा मृत्यु भएको छ । उनी मधुमेह तथा उच्च रक्तचापका बिरामी थिए ।

यससंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९५ पुगेको छ । नेपालमा आजसम्म कोरोना संक्रमितको संख्या २५ हजार ९५७ रहेको छ । आज मात्रै ५२५ जना नयाँ संक्रमित फेला परेका छन् । कूल संक्रमितमध्ये १६ हजार ८३७ जना उपचारपछि निको भएका छन् ।

पछिल्लो २४ घण्टामा १०९ जना उपचार पछि निको भएका छन् ।