काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १२७ जनामा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको छ । जसमध्ये काठमाडौँका १११ जना, ललितपुरका ११ जना र भक्तपुरका ५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौँका १३ जनामा कोरोना पोजेटिभ देखिएको छ । यस्तै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ललितपुरका २ जना, किटजन्य रोग अनुसन्धान केन्द्र हेटौँडामा काठमाडौँका १ जनामा कोरोना पाइएको छ ।


ADVERTISEMENT

# # #


यस्तै यस्तै काभ्रेको धुलिखेल अस्पतालमा काठमाडौँका २ जना, वीर अस्पतालमा काठमाडौँका ४ जना, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा काठमाडौँका ३ जनामा कोरोना पुष्टि भएको छ । नेपाल प्रहरी अस्पतालमा काठमाडौँका ४८ जना र ललितपुरका १ जनामा कोरोना पोजेटिभ देखिएको प्रवक्ता डा. गौतमले जानकारी दिएका छन् ।

यस्तै स्टार अस्पताल सानेपामा काठमाडौँका १९ जना, ललितपुरका ७ जना र भक्तपुरका १ जना, विध ल्याब काठमाडौँमा काठमाडौँका ४ जना, सूर्या हेल्थ सेन्टर काठमाडौँमा काठमाडौँका १ जना, ह्याम्स अस्पतालमा काठमाडौँका ९ जना, ललितपुरका १ जनामा कोरोना पोजेटिभ देखिएको छ । यस्तै नेपाल कोरिया मैत्री अस्पतालमा काठमाडौँका ७ जना र भक्तपुरका ४ जनामा कोरोना पाइएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा ५२५ जना कोरोना संक्रमित भेटिएका छन् । यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २४ हजार ९५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै गत २४ घण्टामा १०९ जना निको भएका छन् भने हालसम्म १६ हजार ८३७ जना उपचारपछि निको भएका छन् । आजसम्म ९५ जनाको मृत्यु भएको छ । गत २४ घण्टामा ४ जनाको मृत्यु भएको छ ।