कञ्चनपुर- कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्रमा गएराति भेटिएको प्रेसर कुुकर बम नेपाली सेनाले डिस्पोज पारेको छ । भीमदत्त नगरपालिका ४ को सब्जी मण्डी रोडमा भेटिएको सो बम बिहान नेपाली सेनाको टोलीले निश्क्रिय पारेको हो ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालयका डिएसपी अमर बहादुर थापाका अनुसार बम छेउमा थारुवान स्वायत्त प्रदेश जिल्ला परिषद कञ्चनपुरको पर्चा भेटिएको छ । पर्चामा महेन्द्रनगर नगर विकास समितको जमिनमा अवैध रुपमा निर्माण भईरहेका संरचनाको विरोध गरिएको छ ।


ADVERTISEMENT

# # #