मकवानपुर- मकवानपुरमा १० प्रहरीसहित थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा आज थप ३७ जनामा कोरोना पुष्टि भएको हो ।


ADVERTISEMENT


हेटौंडा–४, कर्राको आइसोलेसन वार्ड इञ्चार्ज भोला चौलागाईंका अनुसार संक्रमित हुनेमा हेटौंडा उपमहानगरभित्रका १८ जना छन् । यसैगरी, भीमफेदी गाउँपालिकामा ३, थाहा नगरपालिका र बकैया गाउँपालिकाका २/२, चितवनका १ र काठमाडौंका १ जना छन् ।


ADVERTISEMENT

# # #