नयाँ दिल्ली – भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई कोमामा राखिएको छ। भारतीय सञ्चार माध्यम हिन्दूस्तान टाइम्सका अनुसार उनलाई बिहीबार बिहान कोमामा राखिएको हो।


ADVERTISEMENT


सोमबार बेहोस भएपछि उनलाई सैनिक अस्पताल ‘आर्मी रिसर्च एन्ड रिफरल’मा भर्ना गरिएको थियो । त्यहाँ उनको मस्तिष्कको शल्यक्रिया गरिएको थियो। यद्दपि भेन्टिलेटरमा राखिएको मुखर्जीको स्वास्थ्य अवस्था भने स्थिर रहेको अस्पतालले जनाएको छ।


ADVERTISEMENT

# # #


८४ वर्षीय मुखर्जीलाई गत सोमबार कोरोना भाइरस पुष्टि भएको थियो। उनले सामाजिक सञ्जाल मार्फत आफूमा कोरोना संक्रमण भएको जानकारी दिएका थिए।

मुखर्जीका परिवारले उनको स्वास्थ्य स्थितिका बारे भ्रामक समाचार आइरहेको प्रति दुःख व्यक्त गरेको छ। उनका छोरा अभिजितले ट्वीटर मार्फत् आफ्ना बुवाको स्वास्थ्यका बारे भ्रामक समाचार आएको र त्यसप्रति दुःख लागेका बताएका हुन्।

‘प्रतिष्ठित पत्रकारहरूबाट सामाजिक सञ्जालमा भ्रामक र कपोकल्पित समाचार आइरहेका छन्’, उनले लेखेका छन्, ‘यसले भारतीय मिडिया भ्रामक समाचारको फ्याक्ट्री भएको प्रतिविम्बित गर्छ।’