कपिलवस्तु- कपिलवस्तु जिल्ला अस्पतालमा कार्यरत ३ जना चिकित्सकसहित १८ जनामा कोरोना संक्रमण देखिएको छ । गत सोमबार अस्पतालका ९१ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाउदा १८ जना कारोना भाईरस संक्रमित भएका छन् । ओपिडी, ल्याब, नर्सिङ र ईमरजेन्सी फााटका स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको हो ।


ADVERTISEMENT


त्यस्तै काउण्टर र प्रशासन फााटका कर्मचारी पनि संक्रमित भएका छन् ।अस्पतालका चमेना गृह संचालक पनि संक्रमित भएका छन् । ६० जनाको रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ । १३ जनाको रिर्पोट आउन बाँकी छ । उनीहरुको पिसिआर परीक्षण प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको थियो ।


ADVERTISEMENT

# # #