काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप ४ जनाको मृत्यु पुष्टि भएको छ । मृत्यु हुनेमा धनुषाका २ जना पुरुष, काभ्रेकी १ महिला र सिन्धुपाल्चोकका १ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार धनुषाको विदेश नगरपालिका वडा नं. ८ बस्ने ६० वर्षीय एक पुरुषको साउन २६ गते रातीप्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको छ । यस्तै धनुषाको मिथिला विहारी नगरपालिका वडा नं. ५ निवासी क्यान्सर अस्पताल जनकपुरमा काम गर्ने ५० वर्षीय एक पुरुषको साउन २५ गते मृत्यु भएको छ ।


ADVERTISEMENT

# # #


यस्तै काभ्रेको पाँचखाल नगरपालिका वडा नं. १ निवासी ५० वर्षीय १ महिलाको साउन २७ गते किस्ट मेडिकल कलेज शिक्षण अस्पताल ललितपुरमा उपचारका क्रममा मृत्यु भएको छ । यस्तै सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नं. ४ बस्ने ८४ वर्षीय एक पुरुषको साउन २२ गते मनमोहन कार्डियोभास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको छ ।

यससंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८३ पुगेको छ । नेपालमा आजसम्म कोरोना संक्रमितको संख्या २३ हजार ९४८ रहेको छ । आज मात्रै ६३८ जना नयाँ संक्रमित फेला परेका छन् । कूल संक्रमितमध्ये १६ हजार ६६४ जना उपचारपछि निको भएका छन् ।

पछिल्लो २४ घण्टामा १७१ जना उपचार पछि निको भएका छन् ।