काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाली काँग्रेसलाई युवाको पार्टी बनाउनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


आज आफ्नै निवास महाराजगञ्जमा आयोजित ‘पार्टी प्रवेश’ कार्यक्रममा उहाँले काँग्रेसलाई युवाको पार्टी बनाउनुपर्ने बताएका हुन् । महामन्त्री कोइरालाले भने, “काँग्रेसमा युवा प्रवेश गरेर पार्टीमा नयाँ ऊर्जा थपिएको छ, यो ऊर्जालाई खेर जान दिनु हुँदैन ।”


ADVERTISEMENT

# # #


मुलुकलाई राजनीतिक, आर्थिक र विकासको दृष्टिकोणले सक्षम बनाउन काँग्रेसको विजयी आवश्यक रहेको उल्लेख गर्दै उनले वर्तमान सरकारको कार्यशैलीप्रति जनतामा अविश्वास जागेको बताए । उनले अन्याय र अत्याचारको विरुद्धमा युवाले आवाज उठाउनुपर्ने बेला आएको पनि बताए ।

कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य बद्री पाण्डे, जीवन परियार, काँग्रेस रामेछापका जिल्ला सभापति लवश्री न्यौपाने, काँग्रेस रामेछापका पूर्वसभापति रामचन्द्र खड्कालगायतको सहभागिता रहेको थियो ।

सोही अवसरमा रामेछाप दोरम्बा गाउँका करिब तीन दर्जन युवा विभिन्न पार्टी छोडेर नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । नवप्रवेशीलाई महामन्त्री कोइरालाले माला, खादाद्वारा सम्मान गरेका थिए ।