मकवानपुर- बागमती प्रदेशमा हालसम्मकै धेरै कोरोना संक्रमित भेटिएका छन् । प्रदेशका विभिन्न अस्पताल र प्रयोगशालामा बिहीबार गरिएको स्वाबको पीसीआर परीक्षणमा हालसम्मकै सबैभन्दा बढी कोरोना पोजेटिभ भेटिएको हो । प्रदेशको १३ जिल्लामध्ये नौवटा जिल्लामा एकैदिन ९६ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।


ADVERTISEMENT


पछिल्लो २४ घण्टाभित्र प्रदेशमा हालसम्मकै सबैभन्दा धेरै संक्रमित फेला परेको हेटौाडास्थित सामाजिक विकास मन्त्रालयले जनाएको छ । बिहीबार काठमाडौंमा सबैभन्दा बढी ७६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार ललितपुरमा १०, काभ्रेमा ३, मकवानपुरमा २ तथा भक्तपुर, चितवन, नुवाकोट, रामेछाप र दोलखामा १–१ जनालाई कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तम राज सेढाईंले बताए ।


ADVERTISEMENT

# # #


यसअघि एकैदिनमा ६८ जना सम्मलाई संक्रमण पुष्टि भएको थियो । अहिले त्यो संख्या २० ले बढेको छ ।’ प्रवक्ता सेढाईंका अनुसार देशभरका कुल कोरोना संक्रमित संख्या मध्ये बागमती प्रदेशमा मात्रै ६ दशमलव ५८ प्रतिशत रहेको छ ।

बागमती प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या १४ सय ३३ पुगेको छ । १४ साउनमा मात्रै प्रदेशमा संक्रमितको संख्या १ हजार नाघेको थियो । ७ दिनभित्र ४ सय २१ जना नयाँ संक्रमित थपिएको डा. सेढाईंले बताए ।