काठमाडौं- भारतमा कोरोना संक्रमितको संख्या २० लाख नाघेको छ । २० दिनको अवधिमा १० लाख नयाँ संक्रमित भेटिएका छन् । अमेरिका र ब्राजिल भन्दा तीब्र गतिमा भारतमा संक्रमण फैलिरहेको तथ्यांकले देखाएको छ ।


ADVERTISEMENT


पछिल्लो केही दिनमा परीक्षणको दर तीब्र बनाएका कारण पनि संक्रमितको संख्यामा उल्लेख्य बृद्धि भएको सरकारको दाबी छ । मृत्यु दर कम रहेकाले भारतका हटस्पट बाहेकका स्थान खुला गरिएका छन् । यद्यपी, राज्य सरकार र स्थानीय सरकारले आवश्यकता अनुसार प्रतिबन्धहरु लगाएका छन् ।संक्रमितको दर २० लाख कट्ने भारत तेश्रो मुलुक हो । त्यहाँ २४ घण्टाको अवधिमा ७२ हजार १ सय ७० जनामा संक्रमण पुष्टि भएको छ । कुल २० लाख २५ हजार ४ सय ८ जनामा संक्रमण पुष्टि भएको छ । ४० हजार ७ सयको मृत्यु भएको छ । १ अर्ब ३० करोड जनसंख्या रहेको भारतको आन्द्र प्रदेश र महाराष्ट्र सबैभन्दा बढि प्रभावित छन् ।