वीरगन्ज- पर्सामा एक चिकित्सकसहित थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गएराति गरिएको पीसीआर परीक्षणमा ४३ जनामा संक्रमण देखिएको हो ।


ADVERTISEMENT


संक्रमितमध्ये पर्साका ४१ तथा रौतहट र बाराका १/१ जना छन् । ११ जनाका सैनिक अधिकारीमा पनि संक्रमण देखिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदन कुमार उपाध्यायले जानकारी दिए  । संक्रमित मध्ये ५ जनामा ज्वरो र खोकीको लक्षण देखिएका छन् । ७ जना पैसा तिरेर स्वाब परीक्षण गराउँदा पोजेटिभ देखिएका हुन् ।