काठमाडौँ – पछिलो समय निकै चर्तित बनेको गीत ‘के माया लाग्छ र’को टिमले अर्को म्युजिकल फिल्म ‘तिनपाते’ सार्वजनिक गरेको छ । गीतहरुको भिडियोमा सिर्जना र मौलिकता प्रस्तुत गर्दै आएको ‘आर्टमाण्डु’ले नवीन चौहानको निर्देशनमा ‘तिनपाते’ ल्याएको हो ।


ADVERTISEMENT


तिन पाते एउटा प्रेमको कथा हो जहाँ ग्रामिण नेपालको परिवेश, गोठका कथा, हाटबजार अनि वाल्यकालको माया र अपेक्षा लुकेको छ । पूर्वी नेपालको छुर्पी, नौनी, दुध अनि गोठदेखि समग्र नेपालभरिको लाहुर जाने या गाँउमै बसेर केहि गर्ने दुविधालाई छिर्दै यस म्यूजीक भिडियोले मिठो गीत र मनछुने कथा दुबै पस्किएको छ । भिडियोले नेपाल चिहाउने एउटा नयाँ आँखीझ्यालको काम गर्ने ‘आर्टमाण्डु’ले दाबी गरेको छ ।


ADVERTISEMENT

# # #


चियाको वगानमा तिनपाते भएका कोपीलाहरुलाई परिपक्क, मिठो अनि उपयूक्त बिम्बका साथ उद्धृत गरिन्छ । यस गीतमा पिरतीको तिन पाते स्वरुपमा देखाइएको छ । रसरंग अनि संझनालाई तिनपातेसंग जोडिदिएको यस गीतको लयले ग्रामिण नेपालको टपक्क टिपेको भाकाहरुलाई प्रतिनिधित्व गर्दछ ।

यगीतमा शव्द हर्क साउद, संगीत सुजन चापागाईं, स्वर सुजन चापागाईं अनि विद्या तिवारीको रहेको छ । गीतको संगीत संयोजन गंगा थापाले गरेका हुन् भने ध्वनी मिश्रण कोबिद बज्रले गरेका हुन् । गीतको छायांकन अनिश स्याङ्ग देन ले गरेका हुन् भने रंग संयोजनर ग्राफिक्स दिनसन शाहले गरेका हुन् ।

गीतमा मिलन खत्री, अनु काफ्ले, हर्क साउद, नयन नेपाल, आयुष्मा काफ्ले, सम्रान्त थापा, मुना धिताल आदिको अभिनय रहेको छ।