बनेपा- काभ्रेको बनेपास्थित एक ग्यारेजमा काम गर्ने युवकका कोरोना संक्रमण पुष्टी भएको छ । बनेपा जनागालस्थित एक ग्यारेजमा काम गर्ने २० बर्षीय युवकमा संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यलय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले जानकारी दिए । लकडाउनको समयमा बारा घर गएका उनी हालै फर्किएका थिए ।


ADVERTISEMENT


टेकु अस्पतालमा स्वाव संकलन गरेर बनेपा फर्किएका उनको रिपोर्ट पोजिटिभ आएपछि स्वास्थ्य कार्यलयमार्फत सम्पर्क गरिएको थियो । संक्रमितलाई गएराती नै धुलिखेल अस्पतालको आइसोलेसनमा राखिएको डा. झाले जानकारी दिए । काभ्रेमा संक्रमण पुष्टी भएका २९ मध्ये २७ जना संक्रमणमुक्त भएर घर फर्किसकेका छन् भने संक्रमण पुष्टी भएका दुई प्रहरी आइसोलेसनमा छन् ।


ADVERTISEMENT

# # #