काठमाडौं- लेबननको बेरुत विष्फोटको अनुसन्धानका लागी बन्दरगाह भन्सार कार्यालयका अधिकारीलाई नजरबन्दमा राखिएको छ ।  राजधानी बेरुतको बन्दरगाहमा भण्डारण गरि राखिएको एमोनियम नाइट्रेट नामक रसायन पड्किदा १ सय ३५ जनाले ज्यान गुमाएका छन् । ४ हजार भन्दा बढि घाइते भएका छन् । जसका कारण लेबनानमा दुई साताको आपतकालिन अवस्था घोषणा गरिएको छ । २ हजार ७ सय ५० टन एमोनियम नाइट्रेट गैरकानुनी रुपमा भण्डारण गर्न दिएको भन्दै बन्दरगाहको भन्सार कार्यालयका अधिकारीलाई नजरबन्दमा राखिएको हो।


ADVERTISEMENT


लेबननका भन्सार प्रमुख बद्रि दहेरले पटक पटक गैरकानुनी रुपमा भण्डारण गरिएको रसायन हटाउन पत्राचार गरेपनि अवज्ञा गरिएको दाबी गरेका छन् । जापानको हिरोसिमामा दोश्रो विश्वयुद्धमा प्रहार गरिएको एटम बम भन्दा पनि शक्तिशाली बिष्फोट भएको बेलायतको सेफिल्ड युनिभर्सिटीको अध्ययनले देखाएको छ ।


ADVERTISEMENT

# # #