धरान- सुनसरीको धरानमा एकै परिवारका पाँचजना सहित १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ सय ३० जनाको पीसीआर परीक्षण गरीएकोमा १२ जनामा पोजेटिभ देखिएको हो ।


ADVERTISEMENT


यसैवीच आजविहान थप एक पुरुषमा पनि कोरोना पुष्टि भएको छ । धरान ३ सव्जीमण्डी बस्ने २६ बर्षीय एक पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।संक्रमितमध्ये धरान ३ गौधारा बस्ने एकै परिवार ५ जना, धरान ११ बस्ने एक महिला र भारतबाट आएर एन्फा क्वारेन्टीनमा बसेका भारतीय गोर्खा सैनिकहरु रहेका छन् । भारतीय गोर्खा सैनिकहरु सबैको घर धरान नै हो ।धरान औद्योगिक क्षेत्रको प्रिति भल्व उद्योगमा काम गर्नेहरुबाटै समुदायस्तरमा फैलिएको हुनसक्ने धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए  ।