एजेन्सी – भारतको उत्तर प्रदेशकी कैबिनेट मन्त्री कमला रानी वरुणको कोरोना भाइरसका कारण मृत्यु भएको छ । उनी १८ जुलाईमा कोरोना संक्रमित भएकी थिइन् ।


ADVERTISEMENT


कोरोना देखिएपछि उपचारका लागि उनलाई लखनउस्थित एसजीपीजीआईमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको आइतबार मृत्यु भएको हो । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मन्त्री कमला रानीको निधनप्रति दुःख व्यक्त गरेका छन् । मन्त्री रानीको निधन भएपछि आदित्यनाथले आफ्नो अयोध्या भ्रमण स्थगित गरेका छन् ।


ADVERTISEMENT

# # #


कमला रानी उत्तर प्रदेश सरकारमा प्रविधि शिक्षा मन्त्री थिइन् । सन् २०१७ मा भारतीय जनता पार्टी (बीजेपी)ले उनलाई कानपुरको घाटमपुरमा चुनावी मैदानमा उतारेको थियो । उनी उक्त ठाउँबाट जित्ने पार्टीकी पहिलो विधायक थिइन् । उनलाई पछिल्लो समय राज्य क्याबिनेटमा मन्त्री बनाइएको थियो । कमला रानी सांसद समेत भइसकेकी छन् ।