बर्दिया – प्रहरीले महिलालाई जबरजस्ती करणी उद्योग गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । प्रहरीले २० वर्षीया महिलालाई करणी उद्योग गरेको आरोपमा गुलरिया नगरपालिका–८ कोठियागाउँ बस्ने २३ वर्षीय श्याम थारुलाई शनिबार दिउँसो पक्राउ गरेको हो ।


ADVERTISEMENT


ती महिलालाई घरमा कोही नभएको अवस्थामा जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले थारुलाई पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ