काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार (आज) प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । विभागले जनाए अनुसार आज राति साथै प्रदेश १ र गण्डकी प्रदेश केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

देशका बाँकी स्थानमा सामान्य बदली रही केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । यसैबीच, भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । भारी वर्षाका कारण सडक तथा हवाई यातायात प्रभावित हुने भन्दै सतर्क हुन विभागले भनेको छ ।


ADVERTISEMENT


# # #


प्रतिकृया

प्रतिकृया