काठमाडौं –  शनिबार विश्वमा कोरोना संक्रमणका कारण ६ हजार १४२ कोरोना संक्रमितको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार शुक्रबार ६ हजार ८१२ कोरोना संक्रमितको मृत्यु भएको थियो ।


ADVERTISEMENT


विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ६ लाख ७५ हजार ६० जनाको ज्यान गइसकेको छ । संक्रमितको संख्या १ करोड ७३ लाख ९६ हजार ९४३ पुगेको छ ।


ADVERTISEMENT

# # #


सुरुका केही समय अमेरिकन देशमा सबैभन्दा धेरै प्रभाव देखिएको कोरोना भाइरसको संक्रमण तुलनात्मक रुपमा अफ्रिकन देशमा कम फैलिएको थियो ।

यद्यपि पछिल्लो समय अफ्रिकन देशमा पनि कोरोना संक्रमण महामारीकै रुपमा फैलिएको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाउँछ ।