काठमाडौं – पछिल्लो २४ घण्टामा थप २२४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १९ हजार ७७१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


पछिल्लो २४ घण्टामा देशभरका २९ वटा प्रयोगशालामा १० हजार ४६८ जनाको पीसीआर टेस्ट भएको छ । हाल क्वारेन्टिनमा १२ हजार १११ जना रहेका छन् भने ५ हजार ३१६जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् ।


ADVERTISEMENT

# # #


कुल संक्रमित मध्ये ५६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ । हालसम्म १४ हजार ३९९ जना निको भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । यो कूल संक्रमितको ७२.८ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा १५१ जना निको भएका छन् ।