काठमाडौं- विश्वकै चार प्रमुख कम्पनीले विश्व बजारमा प्रतिस्पर्धाका लागि शक्तिको चरम दुरुपयोग गरेको भन्ने आरोपको खण्डन गरेका छन् । एप्पल, एमोजोन, फेसबुक र गुगलले सो आरोप सम्बन्धमा अमेरिकी संसदीय सुनुवाइमा खण्डन गरेका हुन् । सुनुवाइका क्रममा एमोजोनका प्रमुख जेफ बेजोस्ले विश्वमा ठूला कम्पनीको खाँचो औल्याउनुभएको थियो ।


ADVERTISEMENT


यस्तै एप्पलका प्रमुख टिम कूक, फेसबुकका मार्क जुकरवर्ग, र गुगलका प्रमुख सुन्दर पिचाइले आफ्नो कम्पनिले नविनतम आविष्कारमा उत्प्रेरित गरेको दाबी गरेका थिए । सुनुवाइमा डेमोक्रया्टहरुले शक्तिको दुरुपयोगमा प्रश्न उठाएपनि रिपल्लिकनहरुले भने सूचना र सुरक्षाको व्यवस्थापनमाथि सवाल उठाएका थिए ।


ADVERTISEMENT

# # #


सुनुवाईको नेतृत्व गरेका डेमोक्रा्ट सांसद डेबिड सिसिलिनले ती चार वटै कम्पनीले विश्व बजारमा एकाधिकार कायम गरेको भन्दै त्यसलाई तोड्न आवश्यक कदम चाल्नुपर्नेमा जोड दिनुभएको थियो ।