वीरगञ्ज- होम आइसोलेशनमा बसेका कोरोना संक्रमितको घरमा पर्साको वीरगञ्ज महनगरपालिकाले स्थानीयलाई सतर्क रहन सूचना टाँस गरेको छ । संक्रमित बारे स्थानीयलाई जनाउ दिन महानगरपालिकाले ‘कोभिड–१९ पोजेटिभ केशको घर, होम आइसोलेशन सतर्क रहौँ’ लेखिएको सूचना टाँसेका हुन् । बुधबारसम्ममा ३० वटा घरमा यस्तो सूचना टाँस गरिएको महानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ । वीरगञ्ज महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख अरुण महतोका अनुसार कोभिड अस्पतालको चाप कम गर्न लक्षण नभएका कोरोना संक्रमितलाई घरमै होम आइसोलेशनमा राखिएको बताउनुभयो ।


ADVERTISEMENT