काठमाडौं- कुवेतले नेपालसहित ७ मुलुकबाट आफ्नो मुलुक प्रवेशमा प्रतिबन्ध लगाएको छ । कोरोना माहामारीका कारण तीन महिनापछि अन्तर्राष्ट्रिय बिमान सेवा सञ्चालन गर्ने निर्णय गरेको कुवेतले नेपाल सहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, ईरान र फिलिपिन्सका नागरिकलाई प्रतिबन्ध लगाएको हो ।


ADVERTISEMENT


अन्य मुलुकमा रहेका आफ्ना नागरिक तथा ती मुलुकका नागरिकको आवत जावत भने कुवेतले सहज बनाउने जनाएको छ । नेपालीहरुको बैदेशिक रोजगारीका लागि प्रमुख गन्तब्य मानिने कुवेत सरकारले आफ्नो प्रतिबन्धको निर्णय बारे सातै मुलुकका सरकारलाई जानकारी गराईसकेको जनाएको छ ।