वीरगन्ज- वीरगन्जमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । कोरोना संक्रमण देखिएका वीरगञ्जस्थित एक कम्पनीका प्रमुख कार्यकारी अधिकृत सीइओ ५६ बर्षीय पुरुषको नारायणी अस्थाई कोरोना अस्पताल गण्डकमा उपचारको क्रममा गएराति मृत्यु भएको हो ।


ADVERTISEMENT


कोरोना अस्पतालका इन्चार्ज डा.निरज कुमार सिंहका अनुसार उनी मुटु रोगी थिए । भारतीय नागरिक उनको मुटुको बाइपास शल्यक्रिया गरिएको थियो । उनमा संक्रमण पुष्टि भएपछि गत साउन ७ मा कोरोना अस्पताल भर्ना भएका थिए ।


ADVERTISEMENT

# # #


यसअघि हिजो साँझ अन्य २ जनाको मृत्यु भएको थियो । वीरगन्ज महानगरपालिका १६ नगवाका ३५ वर्षीय पुरुष र वीरगन्ज २ छपकैयाका ६५ बर्षीय पुरुषको मृत्यु भएको हो । साउनयता पर्सामा कोरोना संक्रमणले १० जनाको मृत्यु भएको छ ।