काठमाडौं – चार महिना ठप्प देशैभरका होटल र रेष्टुरेन्ट आजदेखि खुलेका छन । कोरोना भाइरसको महामारीको जोखिम न्युनिकरण गर्न सरकारले ११ चैतदेखि लकडाउन घोषणा गरेपछि बन्द रहेका होटलहरु सरकारले आजवाट सञ्चालनको अनुमति दिएको हो ।


ADVERTISEMENT


अधिकांश होटलले १० प्रतिशत कोठा पाहुनाका लागि खुला गर्नुका साथै रेस्टुरेन्ट सेवा पनि सुचारु गरेको होटल संघ नेपालले जनाएको छ । खुला हुने होटलहरुमा स्वास्थ्य सम्बन्धि आवश्यक सुरक्षा मापदण्ड अनिवार्य गरिएको छ ।


ADVERTISEMENT

# # #


होटल एशोसिएसन नेपालका अनुसार मुलुकका होटल क्षेत्रमा मात्र करिब रु १६ खर्ब लगानी छ । यसमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सात लाखभन्दा बढी जनशक्तिले रोजगारी पाएका छन् । यसबाट करिब २५ प्रतिशत विदेशी मुद्रा आर्जन हुने गरेको छ । कोभिड– १९ ले आर्थिक समृद्धिको आधार मानिने पर्यटन क्षेत्र नराम्ररी प्रभावित छ ।

प्रत्येक महिना यस क्षेत्रले कम्तीमा पनि रु एक अर्ब ८० करोड घाटा व्यहोर्दै आएको होटल एशोसिएसन नेपालका अध्यक्ष सिृर्जना राणाको भनाइ छ । अन्य पर्यटनसँग जोडिने हवाई उड्डयन, सडक यातायात, ट्रेकिङ, घरबासकार्यक्रममा भएको आर्थिक क्षति अनुमान गर्न सकिन्न । अध्यक्ष राणाले सरकारले होटल व्यवसाय सञ्चलन गर्न दिने निर्णय गरेसँगै यसका आवश्यक जनशक्तिलाई तालीम दिएर तयार पारिएको पनि बताए ।