धरान– सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना संक्रमणको जोखिम न्युनिकरणका लागि भन्दै आवासिय क्षेत्रमा लकडाउन गरेको छ । मुलुककै सबैभन्दा बढी चिकित्सक, नर्स र कर्मचारी बस्ने सो क्षेत्रमा आवास र छात्रवास प्रयोग गर्ने शिक्षक, कर्मचारी तथा तिनका परिवार र विद्यार्थीलाई अत्यावश्यक बाहेक बाहिर ननिस्कन प्रतिष्ठानले भनेको हो ।


ADVERTISEMENT


प्रतिष्ठानका रजिष्ट्रार प्रा डा मोहनचन्द्र रेग्मीले प्रतिष्ठानको आवसीय क्षेत्रमा बसेका एक चिकित्सकका श्रीमानमा कोरोना संक्रमण पुस्टी भएपछि लकडाउन गरिएको बताउनुभयो । प्रतिष्ठानले परिषर भित्र रहेको खेल मैदान, सडक र अन्यत्र हिडेको पाईए कारवाही गर्ने चेतावनी दिएको छ ।