अमेरिका –  अमेरिकाले जर्मनीबाट आफ्ना झण्डै १२ हजार सैनिक फिर्ता लैजाने भएको छ । युरोपमा आफ्ना सैनिकको तैनाथीमा ‘रणनीतिक’ परिवर्तनका लागि यस्तो गर्न लागिएको हो । फिर्ता बोलाइने मध्ये झण्डै ६४ सय सैनिक अमेरिका फिर्ता हुने छन् ।


ADVERTISEMENT


 

बाँकी सैनिकलाई इटाली र बेल्जियमसहितका नेटोमा आबद्ध देशमा तैनाथ गरिने अमेरिकाले जनाएको छ । जर्मनीले नेटोका खर्चका लागि गर्नु पर्ने सहयोगको तह पूरा नगरेको भन्दै अमेरिकी राष्ट्रपति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सेना फिर्ता बोलाउने निर्णय गरेका हुन् ।


ADVERTISEMENT

# # #


 

ट्रम्प लामो समयदेखि नेटोका युरोपियन सदस्य राष्ट्रले आफ्नो सुरक्षा खर्च आफै बेहोर्नुपर्ने बताउँदै आएका थिए । रक्षा मन्त्री मार्क एस्परले भने युरोपमा अमेरिकी सैनिकको उपस्थितिलाई थप प्रभावकारी बनाउने योजना अन्तर्गत सैनिक तैनाथीलाई व्यवस्थित लागिएको बताएका छन् ।

 

ट्रम्पको निर्णयको विपक्षी डेमोक्रेटहरुले विरोध जनाएका छन् । जर्मनीबाट सैनिक हटाउँदा अमेरिकाको हित विपरित रुसलाई प्रोत्साहन मिल्ने उनीहरुको भनाइ छ ।