सिन्धुपाल्चोक – नेपाल बङ्गलादेश बैंक बाह्रबिसे शाखाले बाढी पहिरोबाट विस्थापित परिवारलाई रु एक लाख सहयोग गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत राहत वितरणका निम्ती बाह्रबिसे नगरप्रमुख निमफुञ्जो शेर्पालाइ बैंकका शाखा प्रबन्धक श्रीकृष्ण पौडेलले चेक हस्तान्तरण गरेका हुन् ।


ADVERTISEMENT


असार महिनादेखिको लगातारको वर्षाले बाह्रबिसे नगरपालिका अन्तर्गतका विभिन्न वडामा बाढी पहिरोका कारण हुन गएको भौतिक एवं मानवीय क्षतिलाई मध्यनजर गर्दै सहयोग गरिएको नेपाल बङ्गलादेश बैंक बाह्बिसे शाखा प्रबन्धक श्रीकृष्ण पौडेलले बताए ।


ADVERTISEMENT

# # #


बैंकले सहयोग गरेकोमा नगरप्रमुख शेर्पाले आभार प्रकट गरे ।