स्याङ्जा- कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढेको भन्दै स्याङ्जा १० दिनका लागि सिल गरिएको छ । जिल्ला प्रहरी प्रमुखसहित जिल्ला प्रहरी कार्यालयमा कार्यरत १८ जना प्रहरी कर्मचारीलाई एकैपटक कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय स्याङजाले मंगलबारदेखि १० दिनलाई जिल्ला सिल गरेको हो ।


ADVERTISEMENT


यसअघि ३ जना प्रहरी कर्मचारीलाई नै कोरोना पोजेटिभ देखिएपछि जिल्ला प्रहरी कार्यालय मात्र सिल गरिएको थियो । कोरोनाको संक्रमण फैलिन नदिन अत्यावश्यक सेवा बाहेक आवतजावत पूर्ण रुपमा प्रतिबन्ध लगाइएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।


ADVERTISEMENT

# # #