काठमाडौ- कोरोनाको कारण मलेसियामा समस्यामा परेका नेपालीहरूको उद्धारका लागि थप ११ उडान हुने भएको छ । मलेसियास्थित नेपाली दूतावासले साउन १८ देखि साउन २४ गतेसम्म हुने चार्टर्ड उडानको तालिका सार्वजनिक गरेको हो । नेपाल एयरलाइन्स, मलिन्दो एयरलाइन्स र हिमालयन एयरलाइन्सले मलेसियाको राजधानी क्वालालम्पुरबाट ११ उडान गर्ने दूतावासले जनाएको छ ।


ADVERTISEMENT


नेपाल र हिमालयन एयरलाइन्सको भाडादर ४५ हजार १ सय रुपैयाँ कायम छ भने मलिन्दो एयरलाइन्सको भाडादर ४२ हजार ४२ रुपैयाँ छ । हालसम्म मलेसियाबाट ५ हजार ३ सय ३३ नेपाली स्वदेश फर्किइसकेका छन् । यस्तै हालसम्म मलेसियाबाट ७२ जनाको शव नेपाल ल्याइएको छ ।