काठमाडौं- अमेरिकाले चार चिनियाँ नागरिकलाई भिषा ठगी आरोपमा पक्राउ गरेको छ । चिनियाँ सेनाको सदस्य रहेका ब्यक्तिले आफ्नो विवरण लुकाएर मुलुक प्रवेश गरेको अमेरिकी गृह मन्त्रालयले जनाएको छ । चीन सरकारको योजना अनुसार अमेरिकामा जासुसीको उद्देश्यले सेनाका वैज्ञानिक पठाइएको अमेरिकाले आरोप लगाएको छ ।


ADVERTISEMENT


टेक्सस राज्य स्थित चिनियाँ बाणिज्य दुतावास बन्द गर्ने अमेरिकाको विदेश मन्त्रालयको निर्देशन पछि पक्राउको घटना सार्वजनिक भएको हो । पछिल्लो समय कोरोना भाइरस, ब्यापार, हङकङ विषय सहित साउथ चाइना सिको प्रकरणका कारण समेत दुई शक्ति राष्ट्रबीचको सम्बन्ध चिसिएको छ ।


ADVERTISEMENT

# # #