काठमाडौं- रुसले अन्तरिक्षमा हतियार परीक्षण गरेको बेलायतले आरोप लगाएको छ । अन्तरिक्षमा अन्य भू–उपग्रहमा आक्रमण गर्ने क्षमताको क्षेप्याष्त्र रुसले प्रक्षेपण गरेको बेलायतले आरोप लगाएको छ । अमेरिकाले अन्तरिक्षमा भु–उपग्रह माथि हतियार प्रयोग गरिए के गर्ने भन्ने बारे अध्ययन सुरु गरेको ब्याख्या गरेका केही समयमा नै रुसले सो परीक्षण गरेको हो । रुसको रक्षा मन्त्रालयले नयाँ प्रविधिका अन्तरिक्षका उपकरण मात्रै परीक्षण गरेको स्पष्टिकरण दिएको छ ।


ADVERTISEMENT