काभ्रे- कोरोना संक्रमणको सम्भावित जोखिममा ध्यानमा राखेर काभ्रेमा यातायात सञ्चालन गर्ने संस्थाले मजदुरको लागि क्वारेन्टिन सञ्चालनमा ल्याएका छन् ।  ४ महिना लामो लकडाउनपछि यातायात सञ्चालन गर्दा संक्रमणको जोखिम समेत हुन सक्ने भन्दै काभ्रे बस, काभ्रे पुण्यवती, सिन्धु हेलम्बु र गणेश हिमाल तराई यातायात प्रालिले एक होटलमा ३० बेड क्षमताको क्वारेन्टिन सञ्चालन गरेका हुन् ।


ADVERTISEMENT


सरकारले सार्वजनिक यातायातका साधनमा लाग्दै आएको जोरबिजोर प्रणाली हटाउँदै साउन ७ देखि जिल्लाभित्र चलाउने अनुमति दिएको थियो । यातायात व्यवसायी राष्ट्रिय महासंघको जिल्ला समन्वय समितिका अध्यक्ष राजेशकुमार श्रेष्ठले सुरक्षाका सम्पूर्ण उपायहरु अपनाएको जानकारी दिँदै संक्रमण भइहालेको अवस्थाको लागि क्वारेन्टिनको व्यवस्था गरेको बताए ।


ADVERTISEMENT

# # #


श्रेष्ठका अनुसार, काभ्रे बस, गणेश हिमाल तराई र काभ्रे पुण्यवती यातायात प्रालिका १ सय ६० का दरले, सिन्धु हेलम्बु यातायात प्रालिका १ सय २३ र पूर्व अरनिको यातायात प्रालिका करीब ६ सय बस छन् ।