काठमाडौँ – नेपालमा कोरोना मुक्त हुने जिल्लाको संख्या ७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका ७७ मध्ये ७ जिल्लामा कोरोना संक्रमितको संख्या शून्य पुगेको छ ।


ADVERTISEMENT


जसमध्ये प्रदेश १ का ४ जिल्लाः भोजपुर, पाँचथर, धनकुटा र संखुवासभा, बाग्मती प्रदेशका रसुवा र गण्डकीमा मनाङ र मुस्ताङ संक्रमणमुक्त रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाए ।


ADVERTISEMENT

# # #


उनका अनुसार ३ वटा जिल्लामा ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । जसमध्ये प्रदेश २ मा रौतहट र सुदूरपश्चिममा कैलाली र बाजुरा रहेका छन् ।

नेपालमा गत २४ घण्टामा १५० जना कोरोना संक्रमित थपिएका छन् भने ६०९ जना निको भएका छन् । हाल कोरोना संक्रमितको संख्या १७ हजार ९९४ रहेको छ । जसमध्ये १२ हजार ४७७ जना निको भइसकेका छन् ।