काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप १५० जनामा कोरोना पुष्टि भएको छ भने ६०९ जनाले कोरोना जितेर घर फर्किएका छन् ।


ADVERTISEMENT


यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ९९४ पुगेको छ भने १२ हजार ४७७ जना उपचारपछि निको भएका छन् । निको हुनेको संख्या कुल संक्रमितको ६९.३४ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।


ADVERTISEMENT

# # #


कुन प्रदेशमा कति छन् कोरोना संक्रमित ?

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार हालसम्म प्रदेश १ मा ८६० जनामा कोरोना देखिएको छ भने प्रदेश २ मा ४ हजार ६८५ जना संक्रमित भेटिएका छन् । यस्तै वाग्मती प्रदेशमा ८८२ जना, गण्डकी प्रदेशमा १ हजार ४०५ जना, प्रदेश नं. ५ मा ४ हजार १९८ जना, कर्णाली प्रदेशमा १ हजार ८३७ जना र ४ हजार १२७ जनामा संक्रमण पुष्टि भएको छ ।

सक्रिय संक्रमित

प्रदेश १ मा सक्रिय संक्रमितको संख्या १०८ जना, प्रदेश २ मा १ हजार ९१३ जना, बाग्मती प्रदेशमा ४२१ जना रहेका छन् । यस्तै गण्डकी प्रदेशमा ३८० जना, प्रदेश ५ मा ३७० जना, कर्णाली प्रदेशमा २९३ जना र सुदूरपश्चिम प्रदेशमा १ शजार ९९२ जना हाल कोरोनासँग लडिरहेका छन् ।

यसरी हालसम्म देशैभर सक्रिय संक्रमितको संख्या ५ हजार ७४४ रहेको छ ।

निको भएकाको संख्या

हालसम्म प्रदेश १ मा ७५२ जना, प्रदेश २ मा २ हजार ७६६ जना, बाग्मती प्रदेशमा ४५२ जना कोरोना निको भएको प्रवक्ता डा. गौतमले बताएका छन् । यस्तै गण्डकी प्रदेशमा १ हजार २० जना, प्रदेश नं. ५ मा ३ हजार ८१८ जना, कर्णाली प्रदेशमा १ हजार ५४० जना र सुदूरपश्चिम प्रदेशमा २ हजार १२९ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।