काठमाडौँ – कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २७ जना कोरोना भाइरस (कोभिड–१९)का संक्रमित थपिएका छन् ।


ADVERTISEMENT


कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा सुर्खेतका १ महिलासहित ४ जना, डोल्पा र सल्यानका १–१ जनाको पोजेटिभ आएको छ ।


ADVERTISEMENT

# # #


यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा सल्यानमा ९ र जाजरकोटका २ जना र दैलेख जिल्ला अस्पतालमा गरिएको परीक्षणमा सुर्खेतका एक महिलासहित ७, बाजुराका १ र दैलेखकका २ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १५८८ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा कर्णालीमा २६ जना डिस्चार्ज भएका छन् । यससँगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या १३४७ पुगेको छ । २३५ जना आइसोलेनमा छन् भने ६ जनाको मृत्यु भएको छ ।