काठमाडौँ – नेपालमा कोरोना भाइस (कोभिड–१९)बाट संक्रमण हुनेको संख्या १३ हजार ५ सय नाघेको छ । मंगलबार थप ३१६ जना नयाँ संक्रमित भेटिएसँगै कुलसंख्या १३ हजार ५६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


कुल कोरोना संक्रमित मध्ये २९ जनाले ज्यान गुमाएका छन् भने ३१९४ जना उपचारपछि निको भएर घर फर्किएका छन् । मंगलबार मात्रै ६० जना डिस्चार्ज भएका छन् ।


ADVERTISEMENT

# # #


नेपालका सातवटै प्रदेशका ७७ वटै जिल्लामा कोरोना फैलिएको छ ।

कुन प्रदेशमा कति संक्रमित ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सबैभन्दा बढी संक्रमित प्रदेश नं. ५ मा रहेका छन् । यस्तै सबैभन्दा कम संक्रमित बाग्मती प्रदेशमा रहेका छन् ।

प्रदेश १ जम्मा ५९५ जना संक्रमित रहेका छन् । जसमा आज १२ जना थपिएसँगै ६०७ जना पुगेका छन् । यस्तै प्रदेश नं. २ मा ३७९४ जना रहेका छन् । जसमा आज ८२ जना थपिएसँगै ६०७ जना पुगेका छन् ।

प्रदेश नं. १ : जम्मा ५९५ जना र आज फेला परेका संक्रमितको संख्या १२ रहेको छ ।
प्रदेश नं. २ : जम्मा ३७९४ जना र आज फेला परेका संक्रमितको संख्या ८२ रहेको छ ।
बाग्मती नं. : जम्मा ४२८ जना र आज फेला परेका संक्रमितको संख्या १६ रहेको छ ।
गण्डकी नं. : जम्मा १०१७ जना र आज फेला परेका संक्रमितको संख्या २५ रहेको छ ।
प्रदेश नं. ५.: जम्मा ३८०७ जना र आज फेला परेका संक्रमितको संख्या ४७ रहेको छ ।
कर्णाली प्रदेश : जम्मा १४६६ जना र आज फेला परेका संक्रमितको संख्या १३ रहेको छ ।
सुदूरपश्चिम प्रदेश : जम्मा २४५७ जना र आज फेला परेका संक्रमितको संख्या १२१ रहेको छ ।

५ सय भन्दा बढी संक्रमित भेटिएका जिल्लाहरुमा प्रदेश २ मा महोत्तरी रौतहट र सर्लाही गरी ३ जना रहेका छन् । यस्तै प्रदेश नं. ५ मा कपिलवस्तु र दाङ गरी २ जिल्ला, कर्णली प्रदेशमा दैलेख र सुदूरपश्चिम प्रदेशमा कैलाली रहेका छन् ।