काठमाडौँ – नेपालमा थप ३१६ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित भेटिएका छन् ।


ADVERTISEMENT


देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज ७१ जना महिला र २४५ जना पुरुष गरी थप ३१६ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


यससंगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५६४ पुगेको छ । जसमध्ये १६५७ जना महिला र ११९०७ जना पुरुष रहेका छन् ।

कुल संक्रमित मध्ये २९ जनाको मृत्यु भएको छ भने ३१९४ जना निको भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।