कैलाली – कैलालीको लम्कीचुहा नगरपालिका–१ स्थित श्री शहिद स्मृति आधारभूत विद्यालयको क्वारेन्टाईनमा बसेकी ३१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा ३ जना पक्राउ परेका छन् ।


ADVERTISEMENT


पक्राउ पर्नेहरूमा उक्त क्वारेन्टाईनमा कार्यरत स्वास्थ्यकर्मी सोही स्थान बस्ने २२ वर्षीय किशोर परियार तथा स्वयंसेवकहरु २० वर्षीय लक्ष्मण विक र १८ वर्षीय सर्जन विक रहेका छन् ।


ADVERTISEMENT

# # #


उनीहरुलाई ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीको टोलीलले आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ परेका ३ जनाले ती महिलालाई शनिबार राति जबरजस्ती करणीका थिए ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।