एजेन्सी-  भारतमा ५ सय वटा रेलका डिब्बाहरुलाई अस्पतालको वार्डमा परिणत गर्दै ८ हजार बेड बनाइने भएको छ । राजधानी नयाँ दिल्लीका अस्पतालहरुले कारोना भाइरस महामारीका कारण विरामीको चाप धान्न नसकेपछि तुरुन्ते रेलका डिब्बा प्रयोग गरिने भएको हो ।


ADVERTISEMENT


रेलका डिब्बाहरुलाई क्वारेन्टिन र आइसोलेसनका लागि प्रयोग गरिनेछ । भारतमा २४ घण्टाको अवधिमा ११ हजार ३ सय ८२ संक्रमितको संख्या वृद्धि भएपछि सरकारलाई नियन्त्रण र उपचार निकै चुनौतीपूर्ण बनेको छ ।
विश्वको संक्रमितको सूचीको चौथो स्थानमा रहेको भारतमा ३ लाख २० हजारमा संक्रमण पुष्टि भएको छ । भारतमा मृत्यु हुनेको संख्या ९ हजार १ सय ९५ पुगेको छ ।