काठमाडौँ — भारतीय अतिक्रमणमा रहेका नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका क्षेत्र समेटिएको नक्सा संविधानको अनुसूची ३ मा रहेको निसान छापमा राख्नका लागि ल्याइएको विधेयक प्रतिनिधिसभाबाट पारित हुँदैछ ।


ADVERTISEMENT


प्रतिनिधिसभाको शनिबार १ः३४देखि सुरु भएको  बैठकमा सरकारले ल्याएको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ पारित हुन लागेको हो ।  प्रतिनिधिसभाको शनिबारको सम्भावित कार्यसूचीमा संविधान संशोधन विधेयक पारित गर्ने कार्यसूची मात्रै रहेको छ ।


ADVERTISEMENT

# # #


प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले सुरुमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथिको दफावार छलफल सदनमा गरियोस् भनेर प्रस्ताव गरेकी छन् ।

संशोधनका पक्षमा मतदान गर्न विभिन्न पार्टीले आफ्ना सांसदलाई ह्वीप गरेका छन् ।

अद्यावधिक : १ः३४ अपरान्ह