काठमाडौं – समाजवादी पार्टीले नयाँ नक्साअनुसार नेपालको निशान छाप परिर्वतन गर्ने संविधान संशोधन विधेयकको पक्षमा मत दिन सांसदहरूलाई ह्वीप जारी गरेको छ ।


ADVERTISEMENT


शनिबार संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले सांसद सरिता गिरीलाई संशोधन फिर्ता लिन निर्देशन समेत लिएको छ । समाजवादीका एक सांसदका अनुसार गिरी भने संसदीय दलको बैठकबाट बाहिरिएकी छन् । उनले यसबारे सोचेर संसदमै निर्णय गर्ने बताएको जसपाका एक नेताले बताए ।


ADVERTISEMENT

# # #


सकरारले संविधानको अनुसूची ३ मा व्यवस्था गरिएको निसान छापमा रहेको नेपालको नक्सालाई कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्र समेटेर जारी गरिएको अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा राख्नका लागि संविधान संशोधन विधेयक ल्याएको थियो । सांसद गिरीले सरकारको विधेयक गलत भन्दै संशोधन प्रस्ताव दर्ता गरेकी थिइन् ।

सांसद गिरीले नेपालको नयाँ नक्साविरुद्ध हालेको संविधान संशोधनको सूचना सभामुख अग्‍नि सापकोटाले अस्वीकृत गरिदिएका छन्।