न्यूर्योक — संयुक्त राष्ट्रसंघको इतिहासमा पहिलो पटक विश्‍वभरका नेताहरु भेला नहुने भएका छन् । कोरोना महामारीका कारण धेरै देशहरुमा अन्तर्राष्ट्रिय उडान बन्द र सामूहिक भेटघाटमा बन्देज लगाइएपछि यस वर्षको महासभा विश्‍वभरका नेताहरुले भाग लिने छैनन् ।

महासभा पहिलो पटक भर्चुअल माध्यमबाट हुने भएको छ । सन् १९४५ मा स्थापना भएदेखि राष्ट्रसंघको महासभा अहिलेसम्म रद्द गरिएको थिएन । तर, सन् २००१को सेप्टेम्बर ११ मा अमेरिकामा भएको आक्रमण र १९६४ को आर्थिक मन्दीका कारण राष्ट्रसंघको साधरणसभा स्थगित भएको थियो ।


ADVERTISEMENT


महासभाका अध्यक्ष तिजानी मोहम्मद–बान्डेले सोमबार कोभिड–१९ का कारण अगामि सेप्टेम्बरको अन्त्यमा हुने महासभामा पहिलो पटक भेला नहुने बताएका हुन् ।


ADVERTISEMENT

# # #


यूएनका महासचिव एन्टिनियो गुटरेसले गत महिना यूएईको ७५ वार्षिक उत्सव बनाउने योजना महामारीले गर्दा नाटकीय रुपमा हटाउनु परेको बताएका थिए । उनले महासभाका अध्यक्ष मोहम्मद–बान्डेलाई लेखेको पत्रमा हरेक राज्य र सरकारका प्रमुखहरुले रेकर्ड गरेको भिडियोमार्फत सन्देश दिने र यूएनको बैंठक हलमा भने न्यूर्योकमा रहेका एक सय ९३ मुलुकका कूटनीतिज्ञहरुको उपस्थिती हुने सुझाव दिएका थिए ।

हरेक वर्ष विश्वका नेताहरु भेला हुने यूएनको साधारण सभामा हजारौं सरकारी अधिकारीहरु, नागरिक समाजका प्रतिनिधि र कूटनीतिज्ञले न्यूर्योकमा एक साता भाषण, खाना, स्वागत, व्यक्ति–व्यक्ति बीचको बैठक र सयौं अन्य कार्यक्रमहरु हुन्छन् ।