काठमाडौँ — कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्न सरकारले गठन गरेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को कामलाई लिएर व्यापक आलोचना हुन थालेपछि त्यसलाई थप प्रभावकारी बनाउन सरकारले सञ्चालन समितिमा तीन मन्त्रीलाई थप गरेको छ ।


ADVERTISEMENT


मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले अहिले सात मन्त्रालयका ६ मन्त्री रहेको उक्त सञ्चालन समितिमा कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनलाई थप गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #