काठमाडौं –  आजदेखि जोर बिजोर प्रणाली लागु भएको छ । यो व्यवस्था मुलुकभर कायम रहनेछ । तर निर्णयअनुसार एक जिल्लाबाट अर्को जिल्लामा भने जान पाइनेछैन ।


ADVERTISEMENT


काठमाडौं, ललितपुर र भक्तपुर  यी तीनजिल्लाभित्र भने आवतजावत गर्न पाइनेछ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालका अनुसार जोर गतेका दिन जोर नम्बर र बिजोर गतेका दिन बिजोर नम्बर चलाउन पाइनेछ ।


ADVERTISEMENT

# # #


चारपाङ्ग्रे सवारीमा चालकसहित तीनजना र दुई पाङ्ग्रेमा एकजना मात्रै राखेर सञ्चालन गर्नुपर्नेछ । यसअघि पास लिएर सञ्चालनमा रहेका सवारी साधनलाई पनि जोर बिजोर प्रणाली लागु हुनेछ ।