काठमाडौँ — कोरोना भाइरस नियन्त्रणमा सरकार असफल भएको निष्कर्ष निकालेको प्रमुख प्रतिपक्ष कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण गराउन असार २ गते देशरभरबाटै ज्ञापनपत्र दिने भएको छ ।


ADVERTISEMENT


केन्द्रमा वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा बुधबार प्रधानमन्त्री ओलीलाई ज्ञापन बुझाइएपछि दोस्रो चरणमा असार २ गते संघ, प्रदेश, जिल्ला र विदेशस्थित जनसम्पर्क समितिका तर्फबाट ज्ञापन बुझाउने कार्यक्रम कांग्रेसले ल्याएको हो ।


ADVERTISEMENT

# # #


पार्टी केन्द्रीय कार्यालयद्वारा बिहीबार जारी विज्ञप्तिअनुसार संघीय संसद्का तर्फबाट पार्टी संसदीय दलका नेता या प्रमुख सचेतकमार्फत, प्रदेशमा प्रदेश संसदीय दलका नेताले मुख्यमन्त्रीमार्फत, जिल्लामा जिल्ला सभापतिहरूले प्रमुख जिल्ला अधिकारीमार्फत र विदेशस्थित जनसम्पर्क समितिका सभापतिहरूले दूतावासमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइने भएको छ ।