काठमाडौँ — सरकारले स्वास्थ्य सुरक्षाका उपाय अपनाएर पसल, व्यापार, व्यवसाय तथा काठमाडौं उपत्यकासहित कम जोखिम भएका क्षेत्रमा जोरबिजोर प्रणालीबाट निजी सवारी साधन सञ्चालन गर्न दिने भएको छ । मन्त्रिपरिषद्को बुधबार राति सम्पन्न बैठकले लकडाउनको ढाँचा परिवर्तन गर्दै पसल व्यापार, व्यवसाय र आवागमनमा केही खुुकुलो बनाउने निर्णय गरेको हो ।


ADVERTISEMENT


कुन व्यवसाय कसरी खोल्ने, चलाउने र त्यसको मापदण्ड के हुने भन्ने जानकारी सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि एवं अर्थमन्त्री युवराज खतिवडाले बिहीबार आधिकारिक रूपमा सार्वजनिक गर्दैछन् । मन्त्रिपरिषद् बैठकमा सबै मन्त्रीहरूबाट आएको सुझावलाई एकत्रित गर्नुपर्ने भएकाले आधिकारिक निर्णय बिहीबार सार्वजनिक गर्न लागिएको हो ।


ADVERTISEMENT

# # #


कतिपय जिल्लामा जोखिमको मात्रा धेरै भएकाले त्यहाँको अवस्था मूल्यांकन गरेर सम्बन्धित जिल्लाबाटै अतिरिक्त आदेश जारी गरिने भएको छ । कम जोखिम र संक्रमितको संख्या थोरै भएका ठाउँमा भने अब आन्तरिक गतिविधि थप खुकुलो हुनेछ ।