काठमाडौँ– लामो समयपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी नियूक्त प्रक्रियालाई अघि बढाएका छन ।


ADVERTISEMENT


पार्टीभित्र रहेको विभिन्न समूहले पदाधिकारीहरुमा आ आफ्नो दावी गर्दै आएको कारण देउवाले सबैको चित्त बुझाएर पार्टीलाई पूर्णता दिन सकेका थिएनन ।


ADVERTISEMENT

# # #


उपसभापतिमा खुमबहादुर खड्कासहित कोइराला समूहको पनि दावी रहँदै आएको थियो तर पछिल्लो समयमा आएर देउवाले उपसभापति र महामन्त्री कसैलाई पनि नदिने स्पष्ट पार्दै आफू निकटकालाई नियूक्तीको तयारी गरेका हुन ।

यस विषयमा देउवाले बरिष्ठ नेता रामचन्द्र पौडेललाई दुबई भ्रमण अघि नै जानकारी गराईसकेका छन । तर सहमहामन्त्री भने उनले पौडेल समूहलाई दिन सकिने बताएको स्रोतले जानकारी दिएको छ ।

देउवाले उपसभापतिमा विमलेन्द्र निधी, महामन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की र सहमहामन्त्रीमा महेश आचार्य र रामशरण महत मध्ये एकलाई नियूक्त गर्ने गरी तयारी गरेका छन ।

आगामी मंसिरमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुने तय भएकोले पदाधिकारी नियूक्त गरेर देउवा संसदीय समिति गठनको तयारीमा छन । पदाधिकारी पूर्ण भएपछि मात्रै संसदीय समिति गठन गर्न सकिन्छ । कांग्रेसमा उम्मेदवारहरुको टिकट वितरण संसदीय समितिले गर्ने ब्यवस्था छ ।