काठमाडौँ – कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ ।


ADVERTISEMENT


प्रादेशिक अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा १ जना महिला र १५ जना पुरुषमा कोरोना देखिएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


मन्त्रालयका अनुसार संक्रमण देखिनेहरुमा दैलेखका १० जना, सल्यानमा ५ जना र सुर्खेतका १ जना रहेका छन् । जसअनुसार दैलेखमा देखिएकाहरुमध्ये आठबिस नगरपालिकाका ३० वषीएय १ जना पुरुष, नारायण नगरपालिकाका १५ र १८ वर्षीय २ जना पुरुष, डुङेश्वर गाउँपालिकाका २४ र ४० वर्षीय २ जना पुरुष, गुराँस गाउँपालिकाका २४ र ३५ वर्षीय २ जना पुरुष, नौमुले गाउँपालिकाका १८ देखि २६ वर्षका ३ जना पुरुष्न रहेका छन् ।
यस्तै सल्यानको वनगाढ कुपिण्डे नगरपालिकाका १७ देखि २३ वर्षसम्मका ३ जना पुरुष र कुमाख गाउँपालिका १८ वर्षीय महिला र २१ वर्षीय पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको छ । यस्तै सुर्खेतको बराहताल गाउँपालिकाका २१ वर्षीय एक जना पुरुषमा पनि कोरोना देखिएको छ ।

यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ६५७ पुगेको छ । जसमध्ये ३ जनाको मृत्यु भएको छ भतने ७ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।