काठमाडौं- अखिल नेपाल फुटबल संघ एन्फाले अनुशासन र साधारण सभाको बारेमा छलफल गर्न कार्यसमिति बैठक बोलाएको छ । बैठक यही जेठ १९ गते बस्ने एन्फाले जनाएको छ । एन्फाको संशोधित विधान अनुसार बैठकका लागि एकसाता अगावै सूचना जारी गर्नुपर्ने प्रावधान अनुसार जेठ १९ मा भिडियो कन्फ्रेन्समार्फत् बैठक बस्ने प्रवक्ता किरण राईले जानकारी दिए । एन्फाको बार्षिक बजेट लगायतका ५ वटा एजेण्डा तय भएको छ ।


ADVERTISEMENT


बैठकमा कोरोना प्रभावित जिल्ला, क्लब र व्यक्तिलाई प्रदान गरिने कोरोना राहतका बारेमा पनि छलफल हुनेछ । एन्फाको साधारण सभा, अनुशासन र विविध एजेण्डा तय गरिएको छ । कोरोनाकै कारण एन्फाको साधारण सभा अन्तिम समयमा आएर स्थगित गरिएको थियो ।


ADVERTISEMENT

# # #